पहलमानपुर, १४ फागुन ।। कैलालीको पहलमानपुरमा नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगरपालिका वडा नं. १० को वडा भेला शुक्रवार सम्पन्न भएको छ । वडा भेला पार्टीको विभिन्न जनवर्गिय संगठनहरुको नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
जसअनुसार वडाको १७ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्षमा निर्मला पौडेल, उपाध्यक्षमा निर्मला सिंह, सचिवमा पवित्राचौधरी, सहसचिवमा सवित्रा महरा र कोषाध्यक्षमा राधिका मल्ल लगायत अन्य सदस्य रहेका छन् ।
यस्तै, थारु राष्ट्रिय मुत्ति मोर्चा नेपालको वडा कमिटी अध्यक्षमा धनिराम चौधरी, उपाध्यक्षमा प्रेमलाल चौधरी, सचिवमा राजेन्द्र कठरिया, सहसचिवमा लक्ष्मण चौधरी र कोषाध्यक्षमा रतन लाल चौधरी लगायत अन्य १७ सदस्य रहेका छन् ।