Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

धनगढीको नेशनल प्याथ ल्याबले पत्रकारलाई ३० प्रतिशत छुट दिने 

0 52

धनगढी, १० फागुन । धनगढीको नेशनल प्याथ ल्याबले सुदूरपश्चिमका पत्रकार  ३० प्रतिशत छुट दिने भएको छ। मंगलबार नेशनल प्याथ ल्याब र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिबीच उक्त सम्झौता भएको हो।

सम्झौता अनुसार पत्रकार, सञ्चार गृहमा कार्यरत कर्मचारी र पत्रकारका परिवारलाई ल्याबले प्रदान गर्ने सेवा, स्वास्थ्य परीक्षण तथा सुविधामा ३० प्रतिशत छुट दिइने भएको छ।

मंगलबार पत्रकार महासंघ सुदूरपश्चिमका सचिव हरी जोशी र ल्याबका प्रवन्धक हरी सिंह धामीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त छुट पाउन पत्रकार महासंघको सिफारिस र परिचय पत्र अनिवार्य लग्नुपर्ने बताइएको छ।  

नियमित स्वास्थ्य परीक्षण गराउँदा विभिन्न रोगबाट बच्न सकिने हुँदा पत्रकार र उनका परिवारको हितका लागि यो सम्झौता गरिएको सचिव जोशीले बताए । यो सम्झौतापछि पत्रकार र पत्रकारका परिवार लगायतका सदस्य गरी प्रत्यक्षरुपमा करिब २० हजार बढी यो सहुलियतबाट लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ । 

No description available.
टिप्पणीहरू
Loading...