काठमाडौँ, ६ फागुन । दलित समुदायका महिलाबाट सीता परियार पहिलो प्रमुख जिल्ला अधिकारी सिडिओ बनेकी छन् ।
उनलाई गृह मन्त्रालयले हुम्लाको सिडिओ बनाएर पठाएको हो ।उनले यसअघि भक्तपुरको सहायक सिडिओको रूपमा जिम्मेवारी सम्हालिसकेकी छन् ।
यसअघि दलित समुदायबाट पुरुषतर्फ डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सिडिओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट पहिलो महिला सिडिओ बनेकी हुन् ।
