कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • सननेपाल लाइफ इन्स्योरेन्स द्वारा ३ लाख मृत्युुदाबि भुक्तानी

    सननेपाल लाइफ इन्स्योरेन्स द्वारा ३ लाख मृत्युुदाबि भुक्तानी
    Spread the love

    पहलमानपुर, २४ मंसिर ।। सननेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कैलालीमा मृत्युदाबि भुक्तानी गरेकाे छ । जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ८ लठुवा स्थित मृतक खेमराज डंगाैराकाे परिवारलाई बिमा बाफतकाे ३ लाख १८ हजार ७ सय २ रुपैंया कम्पनिले भुक्तानी गरेकाे हाे ।

    साे रकम घाेडाघाेडी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बिरबहादुर साउँद, वडा सदस्य लालबहादुर दहित, सननेपाल लाइफ इन्स्योरेन्स सुखड साखाका प्रमुख शाहदव चाैधरी, कर्मचारी सितल बाेहरा लगायत मार्केटिङ्ग म्यानेजरहरुले संयुक्त रुपमा भुक्तानी गरेका हुन् ।

    मृतक डंगाैराले ३ बर्षअघि सननेपाल लाइफ इन्स्योरेन्स कम्पनिमा ३ लाख १० हजारकाे जीवन बिमा गरेका थिए । साे बाफत उनले कम्पनिमा ३ किस्ता वाफत ५९ हजार ९ सय १९ रुपैयाँ बुझाएका थिए । उनकाे मृत्युुभएपश्चात् विमालेखमा उल्लेख गरिएकाे दुई पक्षिय सम्झाैता अनुसार मृतकका ईच्छाएकाे ब्यक्तिलाई मृत्युुदाबि भुक्तानी गरिएकाे कम्पनिका सुखड प्रमुख शाहदेव चाैधरीले बताए ।

    यस्तै उक्त रकम भुक्तानी कार्यक्रममा सहभागी भएका घाेडाघाेडी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बिरबहादुर साउँदले जीवन बिमालाई नभई नहुने बचतकाे रुपमा लिनुपर्ने बताए । आजकाे हाम्राे सानाे बचतले भाेलिका लागि ठुलाे सहारा बनेर आउने भएकाले बचत गर्ने बानि बसाउनु पर्ने उनले सुझाए ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD