धनगढी,२ फागुन । कैलालीमा लागु औषध सहित एक महिला पक्राउ परेकी छिन् । जिल्लाको गौरीगङ्गा नगरपालिका ४ बस्ने वर्ष २६ की देउमती साउँद आइतबार पक्राउ परेकी हुन् ।
उनी सँग लागु औषध (चरेश) रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका ४ बसपार्क क्षेत्रबाट १२ ग्राम लागु औषध चरेश सहित उनलाई पक्राउ गरिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।