Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

आज ‘भ्यालेन्टाइन डे’

0 60

कैलाली, २ फागुन ।। आज बिश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट भएको थियो । पछिल्लो केही बर्षयता नेपालमा पनि यो पर्व युवाहरुमाझ लोकप्रिय हुँदै आएको छ ।

यो नेपाली समाजमा नयाँ पर्वकै रुपमा प्रवेश पाएको छ । आजको दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने गरिन्छ  ।

युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । भ्यालेन्टाइन डेको दिन रातो गुलाव तथा मनपर्ने उपहार दिएर मनाउने चलन छ ।

भ्यालेन्टाइन डेको सुरुवात रोमनबाट सुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए । झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए ।

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।

टिप्पणीहरू
Loading...