Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मसुरियामा मनाईंयो २७ औं जनयुद्ध दिवश

0 148

मसुरिया, १ फागुन ।। कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ९ मसुरिया बजारमा आज २७ औं जनयुद्ध दिवशको अवसरमा दिप प्रज्वलन गरिएको छ । नेकपा (माओवादी केन्द्र) गौरीगंगा नगरपालिका वडा नं. ८ र ९ स्थित वडा कमिटीको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो ।
जनयुद्ध दिवशको अवसरमा आयोजित कार्यक्रममा सो वडामा रहेका नेता, कार्यकर्ता र समर्थकहरुको उपस्थिती रहेको थियो ।

०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । उक्त युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौता मार्फत टुंगिएको थियो ।

टिप्पणीहरू
Loading...