काठमाडौं, २५ माघ ।। राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार राप्रपाबाट राजीनामा दिएका हुन् ।
थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै विताउने र रमाउने उत्कृष्ट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि पार्टी छोड्ने निर्णयमा पुगेको बताएका छन् ।
थापाले राप्रपाका कुनै पनि नेताहरूसँग आफ्नो बैरभाव नरहेको पनि बताएका छन् ।