आफ्नो सुरक्षा आफै गर्न किशोरीलाई गौरीगंगामा आत्मरक्षा कार्यक्रम
मसुरिया, ५ माघ ।। कैलालीको गौरीगंगामा किशोर किशोरीलाई आत्मरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । वडा नं ९ को वडा कार्यालयको आयोजनामा दुई दिने कार्यक्रम गरिएको हो ।
वडाका विभिन्न विद्यालयहरुमा अध्ययनरत ४० जना किशोरीहरुलाई सक्षम छोरी तथा आत्मरक्षाको प्रशिक्षण गरिएको वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताएका छन् । सबै किशोरीलाई समयमै आफ्नो सुरक्षा आफै गर्न सिकाए हाम्रा घर परिवार समाज र समुदायमा हुने हिंसात्मक घटना न्युनिकरण हुदै जाने विश्वासका साथ यो कार्यक्रम गरिएको अध्यक्ष तिवारीले बताएका थिए ।
वर्तमान समयमा छोरीहरु पलपल हिंसात्मक घट्नामा परेका समाचार आईरहेको अवस्थामा विद्यालय उमेर समुह यसको उच्च जोखिममा रहेकोले वडाका किशोरीलाई सम्भावित घटनाहरुलाई रोक्न र हुन नदिने उपायको रूपमा “आफ्नो सुरक्षा आफै” गर्न सक्षम बनाउन कार्यक्रम गरिएको वडा सचिव रेखा भण्डारीले जानकारी दिईन् ।
दुई दिने कार्यक्रममा सक्षम छोरी तथा आत्मरक्षा अभियान्ता खेमा खाती, मोनिका ओड र शारदा जोशीले अभिमुखीकरण गरेका थिए ।