Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा स्मार्ट लकडाउन, अब के गर्न पाउने के नपाउने ?

0 228

धनगढी, , २८ पुष ।। कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली प्रशासनले स्मार्ट लकडाउन सहित कडाइ गर्ने भएको छ । बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले आज राती १२ बजेदेखि अनिश्चितकालका लागि लागु हुने गरि बिभिन्न निर्णय गरेको प्रशासनले जनाएको छ । 

कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी हो । 

अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ । यस्तै भिडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला पाइने छैन ।

सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् । पूर्वनिर्धारित  सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा  स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था  गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।

यस्तो छ सिडिओको आदेश :-

No description available.
No description available.
टिप्पणीहरू
Loading...