Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कांग्रेसले छान्यो राष्ट्रियसभाका उम्मेदवार, सुदूरपश्चिमबाट मिश्र

0 21

कैलाली, १९ पौष ।। नेपाली कांग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बनेका छन् । मिश्र यसअघि काँग्रेसको सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशनमा सभापतिमा वीरबहादुर बलायरसंग पराजित भएका थिए ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो । बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समते आहृवान गरेको छ ।

टिप्पणीहरू
Loading...