अर्जुन दास हत्या काण्डमा माओवादी केन्द्रको गम्भिर ध्यानाकर्षण
कैलाली, ५ पौष ।। नेकपा (माओवादी केन्द्र) जानकी गाउँकमिटीले अर्जुन दास हत्या काण्डका दोषीहरूलाई कडा कारवाहीको माग गरेको छ । हातखुट्टा रुखमा बाधेर टाउको छिनाली बिभत्स हत्या गरिएका अर्जुन दासका हत्यारालाई यथाशीघ्र कानुनी दायरामा ल्याउन एक प्रेस विज्ञप्ति जारी गर्दै कडा कारबाहीको माग गरेको हो ।
नेकपा(माओवादी केन्द्र) जानकी गाउँकमिटी सचिव जयप्रकाश दहित हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ “कैलालीको जानकी गाउँपालिका वडा नं. ९ अमरावती जनता टोल बस्ने कल्लाने दासको कान्छो छोरा अन्दाजी २५ वर्षीय अर्जुन दासको मिती २०७८ पौष महिनाको २ गते रातिबाट अज्ञात समुहले बेपत्ता बनाई पौष ३ गते अमरावती सामुदायिक वन उपभोक्ता समुहको बन भित्र रुखमा दुबै हात बाँधी नग्न अवस्थामा घाँटी रेटी विभत्स तरिकाले हत्या गरेको हुँदा हाम्रो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जानकी गाउँकमिटी गहिरो दुख व्यक्त गर्दछ र गम्भिर ध्यानाकर्षण भएको छ हत्यामा संलग्न दोषीहरूलाई यथाशीघ्र खोजतलास गरी कडा भन्दा कडा कारवाहीको लागि जोरदार पार्टीको तर्फबाट माग गर्दछौँ ।”