Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

देशभर चिसो बढ्ने क्रममा

0 21

काठमाडौँ,४ पुस । हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सुरकुहिरो लागेको छ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले  चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । काठमाडौँको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको सबैभन्दा कम  माइनस ५.३ डिग्री सेल्सियस रहेको छ । आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। सोमबार सुदूरपश्चिम र  कर्णाली प्रदेशमा आंशिक रही  बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

 मंगलबार भने  प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही  बाँकी भू-भागमा  मौसम आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

टिप्पणीहरू
Loading...