लागुऔषधसहित कैलालीका एक युवक कञ्चनपुरबाट पक्राउ
कैलाली, २ पौष ।। कैलालीको धनगढीका एक युवक लागुऔषधसहित कञ्चनपुरबाट पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका–८ कालो पुल नजिकबाट धनगढी उपमहानगरपालिका–१३ का लक्ष्मण धामीलाई इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो।
उनको साथबाट लागुऔषध ९.६० ग्राम खैरो हिरोइन बरामद गरिएको कार्यालयका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए।