Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टि २० क्रीकेट प्रतियोगिता हुँदै

0 24

धनगढी, १ पुस । धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टि २० क्रीकेट प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल क्रीकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रदेस क्रीकेट संघको सह आयोजनामा पुस ३ गते बाट धनगढीको फाप्ला क्रीकेट मैदानमा प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा हुन लागेको क्रीकेट प्रतियोगितामा ७ प्रदेश र एक बिभागिए गरी ८ टिम सहभागी हुने सुदूरपश्चिम प्रदेश क्रीकेट संघका अध्यक्ष हरि रेग्मीले जानकारी दिए ।

प्रतियोगिताको ग्रुव ए मा प्रदेश नम्बर १, लुम्बीनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश छन भने ग्रुव बि मा नेपाल ए पी एफ क्लब, सुदुरपश्चिमम प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश २ का रहेको उनले बताए ।

पुस ३ गते देखि ११ गते सम्म हुन लागेको प्रतियोगिताका लागि २२ लाख रकम रास्टिय खेलकुद परीसदले उपलब्ध गराएको र थप रकम आवश्यक परे क्रीकेट संघले ब्यवस्थापन गर्ने रेग्मीले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, म्यान अफ द म्याच २ हजार, म्यान अफ द सिरिज २५ हजार, वेस्ट बलरले १५ हजार तथा वेस्ट व्याट्स म्यानले १५ हजार पुरस्कार प्राप्त गर्ने छन । प्रतियोगिताको पहिलो खेल प्रदेश नम्बर १ र कर्णाली प्रदेश खेल्ने आयोजकले जनाएको छ ।

टिप्पणीहरू
Loading...