माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्यमा घोडाघोडीबाट ६ जना चयन
पहलमानपुर, २९ मंसिर ।। नेकपा (माओवादी केन्द्र) को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनबाट कैलालीको घोडाघोडी नगरपालिकाका ६ जना प्रदेश सदस्यमा चयन भएका छन् । नगरका नैन बहादुर चौधरी ‘विवेक’, दुर्गा अधिकारी, लक्ष्मण चौधरी ‘सुयोग’, खुशिराम चौधरी ‘भिमसेन’, दुर्गा चलाउने खड्का ‘ममता’ र सुनिता चौधरी चयन भएका हुन् ।
धनगढीमा चार दिनसम्म चलेको १३ सय बढी प्रतिनिधि सहभागी सुदूरपश्चिम प्रदेश सम्मेलनको बन्दसत्रले २ जना पछि थप्नेगरी २२३ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ । पदाधिकारी भने प्रदेश कमिटीको पहिलो बैठकवाट चयन हुने निबर्तमान प्रदेश अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिए ।