मावि शिक्षकको विज्ञापन खुल्यो : कुन प्रदेशमा कुन विषयको कति संख्या ? [सूचनासहित]
२९ मंसिर, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि शिक्षकको विज्ञापन आह्वान गरेको छ । आयोगले माध्यमिक तहका १ हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन खोलेको हो ।
आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले सूचना प्रकाशित गरेको छ ।नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।
हेर्नुहोस् विस्तृत सूचना –
![मावि शिक्षकको विज्ञापन खुल्यो : कुन प्रदेशमा कुन विषयको कति संख्या ? [सूचनासहित] 1 t1 aCQ1tRbMWU](https://lktcdn.prixacdn.net/media/t1_aCQ1tRbMWU.jpg)

![मावि शिक्षकको विज्ञापन खुल्यो : कुन प्रदेशमा कुन विषयको कति संख्या ? [सूचनासहित] 2 t3 sB5HCFLmc7](https://lktcdn.prixacdn.net/media/t3_sB5HCFLmc7.jpg)

![मावि शिक्षकको विज्ञापन खुल्यो : कुन प्रदेशमा कुन विषयको कति संख्या ? [सूचनासहित] 3](https://lktcdn.prixacdn.net/media/t5_Qx15auydZa.jpg)
