Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

२२३ सदस्य चयन गर्दै माओवादीकाे सुदूरपश्चिम प्रदेश सम्मेलन सम्पन्न

0 21

धनगढी, २९ मंसिर ।। नेकपा (माओवादी केन्द्र)को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन सम्पन्न भएकाे छ । कैलालीकाे धनगढीमा चार दिनसम्म चलेकाे सम्मेलनले २२३ सदस्यीय प्रदेश कमिटी चयन गरेकाे छ ।

टाेल वडा र पालिका अधिवेशन गरेर प्रदेश सम्मेलनमा हाेमिएकाे माओवादी केन्द्रका नाैंवटै प्रदेश सम्मेलनकाे गत आईतवार अध्यक्ष प्रचण्डले एकैसाथ उद्घाटन गरेका थिए । १३ सय बढी प्रतिनिधि सहभागी सुदूरपश्चिम प्रदेश सम्मेलनकाे बन्दसत्रले २ जना पछि थप्नेगरी २२३ सदस्यीय प्रदेश कमिटी चयन गरेकाे निबर्तमान प्रदेश अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिए । प्रदेश कमिटीकाे पहिलाे बैठकवाट पदाधिकारीकाे चयन हुने उनकाे भनाई छ ।

सुदूरपश्चिम प्रदेश सम्मेलन मार्फत एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गरिने तयारी गरिएको थियो । तर, प्रदेश सदस्यको कोटामै विवाद देखिएपछि पदाधिकारीको टुङ्गो नलगाई सम्मेलन सम्पन्न गरिएको हो ।

टिप्पणीहरू
Loading...