Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी सुदूरपश्चिम सम्मेलन : आज पनि बन्द सत्र बस्दै

0 19

धनगढी, २८ मंसिर ।। सुदूरपश्चिम प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि आकांक्षीको संख्या धेरै हुँदा प्रदेश सम्मेलन नै लम्बिएको छ । नेतृत्वमै सहमति हुन नसकेपछि प्रदेश कमिटी चयन प्रक्रिया लम्बिएको छ । शनिबार र आइतबार गरेर दुई दिनका लागि प्रदेश सम्मेलन तोकिएको थियो ।

तर, सोमबार बेलुकी अबेरसम्म पनि नेतृत्वका लागि सहमति जुट्न सकेन । सहमति नभएपछि बन्दसत्र मंगलबार बिहान ८ बजे पुनः बोलाइएको छ । प्रदेश इन्चार्ज खगराज भट्टसहित नेताहरू सोमबार दिनभरजसो सम्मेलनस्थलबाहिर छलफलमा जुटेका थिए । सुदूरपश्चिम प्रदेश अध्यक्षमा आधा दर्जनभन्दा बढी नेताहरूले दाबी गरेका छन् ।

वर्तमान प्रदेश अध्यक्ष शरदसिंह भण्डारी, प्रदेश कमिटी सदस्य एवम् राष्ट्रिय सभा सदस्य हरि चौधरी, केन्द्रीय सदस्य एवं बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर र प्रदेश कमिटी सदस्य हरि ज्ञवाली अध्यक्षका प्रबल दाबेदार देखिएका छन् ।

यस्तै प्रदेशका सहइन्चार्ज एवं केन्द्रीय सदस्यद्वय वीरमान चौधरी, नेपबहादुर चौधरी, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी पनि अध्यक्षका आकांक्षी छन् ।

अधिवेशनले नौजना पदाधिकारीसहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ । दुई सय एकजना सम्मेलनबाट र बाँकी सदस्य मनोनीत गरिने माओवादीले जनाएको छ ।

टिप्पणीहरू
Loading...