Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिममा ९ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

0 24

कैलाली, २७ मंसिर ।। सुदूरपश्चिम प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा एन्टिजेन बिधिबाट ७ सय नमूनाको परिक्षण गर्दा ३ जना र पीसीआर बिधिबाट ६० नमूनाको परिक्षण गर्दा ६ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय २२ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिकाका ३८ बर्षिय पुरुष रहेका छन । स्वास्थ्य निर्देशनालयका अनुसारको उनको भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय १२ पुगेको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा प्रदेशका ५ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार ७७ पुगेको छ ।

टिप्पणीहरू
Loading...