धनगढीमा डेराभित्र बेहोस फेला परेकी युवतीको मृत्यु
धनगढी, २७ मंसिर । धनगढीमा डेराभित्र बेहोस फेला परेकी युवतीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ रामजानकी मन्दिर नजिक डेरा गरी बस्दै आएकी २४ वर्षीया सुशिला चौधरीको मृत्यु भएको हो।
उनको घर टीकापुर नगरपालिका वडा नम्बर १ हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अअनुसार चौधरीको सारथी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
‘आफ्नै कोठामा बेहोस फेला परेकी युवतीलाई उपचारका लागि अस्पताल लगिएको थियो,’ उनले भने, ‘उपचारकै क्रममा मृत्यु भएको हो। प्रराम्भिक अनुसन्धानका क्रममा विषादी सेवन गरेको खुलेको छ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए।