Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

युट्युवमा अश्लील शीर्षक राखेर भिडियो प्रसारण गर्ने एक जना पक्राउ

0 17

काठमाडौं, २७ मंसिर ।। युट्युवमा अश्लील शीर्षक राखेर भिडियो प्रसारण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानल मार्फत अश्लील शीर्षक राखी अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा कालीकोटको साबिक नानिकोट गाविस वडा–९ हाल पचाल झरना गाउँपालिका–९ स्थायी ठेगाना भइ काठमाडौंको बुढानीलकण्ठ–९ मा बस्दै आएका २१ वर्षीय भरतबहादुर तिरुवालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बताए ।

टिप्पणीहरू
Loading...