Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

प्राबिधिक शिक्षा आजको आवश्यकता हो : भिम रावल

0 14

अछाम , २६ मंसिर । पूर्व उपप्रधानमन्त्री भिम रावलले प्राबिधिक शिक्षा आजको आवश्यकता भएकाले प्राविधिक धारका विद्यालयहरु संचालन गर्नु पर्ने बताए।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौ स्थित हिमालय ठुला माध्यामिक विद्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताए। उनले युग सुहाउँदो शिक्षाको बिकासमा सबैले सहयोग गर्नु पर्ने बताए।

शिक्षा विकासको पहिलो खुड्किला भएकाले शिक्षा बिकासमा आफू सदैव सहयोग गरि रहने उनको भनाई छ।यस्तै स्वागत कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हर्क बहादुर कुँवर गोविन्दले भविष्यका कर्णदार प्रती उत्तरदायी हुनु पर्ने बताए। उनले शिक्षा क्षेत्रको विकासका लागि सबैले अहम भुमिका खेल्नु पर्ने बताए।

स्वागत कार्यक्रममा विभिन्न पार्टिका पार्टिप्रतिनिधी, विद्यालयका शिक्षक – शिक्षिका, विद्यार्थीलगाएतको सहभागीता रहेको थियो। स्वागत कार्यक्रमको संचाललन शिक्षक कमल कुवर र शंकर नायकले गरेका थिए । स्वागत कार्यक्रम मार्फत ज्ञापनपत्र समेत बुझाईएको छ।

टिप्पणीहरू
Loading...