Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी सुदूरपश्चिम सम्मेलन : सर्वसम्मत अध्यक्ष चुन्ने प्रयास हुँदै

0 18

कैलाली, २६ मंसिर ।। नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष सर्वसम्मत रूपमा चयन गर्न कसरत थालिएको छ । शनिबारदेखि सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट नयाँ नेतृत्व छनोटका लागि गृहकार्य सुरु भएको हो ।

प्रदेश अध्यक्ष पदका लागि सहमति खोज्ने प्रयास जारी रहेको माओवादी नेताहरूले बताएका छन् । आकांक्षीहरू धेरै छन् तर तीमध्येबाट एकजना छान्नका लागि सहमतिको प्रयास जारी रहेको एक नेताले बताए ।

उनका अनुसार केही बेरपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमै बहस तथा छलफल गरी अध्यक्ष छनोट हुने उनले बताए । सम्मेलनलबाट ९ पदाधिकारीसहित २२३ जनाको प्रदेश कमिटी चयन हुनेछ ।

उनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी सहित २२३ जना प्रदेश कमिटी चयन हुने बताए । त्यसबाहेक १० प्रतिशत सदस्य मनोनीत गरिने उनले बताए ।

टिप्पणीहरू
Loading...