Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कांग्रेस महाधिवेशन : १३४ पद ५४८ उम्मेदवार (बिवरण सहित)

0 17

काठमाण्डौ २६ मंसिर/नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि १३४ पदमा ५४८ जनाको उम्मेदवारी परेको छ । उनीहरुले शनिबार राष्ट्रिय सभागृमा उम्मेदवारी गराएका हुन् । काँग्रेस निर्वाचन समितिका अनुसार उम्मेदवारी फिर्ता गर्न चाहनेका लागि आइतबार बिहान ११ बजेसम्मको समय तोकिएको छ। यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

मतदानचाहिँ सोमबार बिहान ८ बजे सुरु गर्ने कार्यतालिका छ।सभापतिदेखि केन्द्रीय सदस्यसम्म जम्मा १३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको छ।निर्वाचन समितिका अनुसार एक सभापति पदमा ६, दुई उपसभापति पदमा ७ र दुई महामन्त्री पदमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ।यसैगरी सहमहामन्त्रीतर्फ खसआर्य, महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट समेत गरी जम्मा ८ सिटमा २० जनाको उम्मेदवारी दर्ता भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय सदस्य पदमा उम्मेदवारी
खुलातर्फ १०९ जना

खसआर्य ९३ जना

आदिवासी-जनजातितर्फ ८७ जना

दलिततर्फ ३९ जना

मधेसीतर्फ ३२ जना

महिलातर्फ ३१ जना

मुस्लिमतर्फ १६ जना

अपाङ्गता भएकातर्फ १६

थारुतर्फ १४ जना​

अल्पसंख्यकतर्फ ६ जना

पिछडिएको क्षेत्रतर्फ २ जना

प्रदेश १ बाट १३

प्रदेश २ बाट ५

वाग्मती प्रदेशबाट ९

गण्डकी प्रदेशबाट ७

लुम्बिनी प्रदेशबाट ११

कर्णाली प्रदेशबाट ७

सुदूरपश्चिम प्रदेशबाट १२

महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री चयन गर्नेछ। यस्तै महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस(आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रतर्फ गरी सहमहामन्त्री आठ सहमहामन्त्री पनि चयन गर्नेछ।केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउने कांग्रेसले विधानमा व्यवस्था गरेको छ।

केन्द्रीय महाधिवेशनका प्रतिनिधिले प्रत्यक्षतर्फ ३५, महिलातर्फ ९, प्रत्येक प्रदेशबाट १ महिलासहित ३ जना गरी २१ सदस्य प्रत्यक्ष चुन्नेछन्।यस्तै दलिततर्फ ४ महिलासहित ९ जना, आदिवासी जनजातितर्फ ७ महिलासहित १५ जना, खसआर्यतर्फ ६ महिलासहित १३ जना, मधेशीतर्फ ४ महिलासहित ९ जना, थारुतर्फ २ महिलासहित ४ जना, मुस्लिमतर्फ १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रतर्फ १ जनासहित ५४ जना सदस्य पनि चुनिनेछन्।​​

अल्पसङ्ख्यक महाधिवेशन प्रतिनिधि मध्येबाट १ र अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना गरी २ जना केन्द्रीय सदस्य पनि महाधिवेशनबाट निर्वाचित हुने छन्।कांग्रेसको विधानमा सभापतिले केन्द्रीय कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था गरेको छ।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ जनाले मत दिँदै छन्।

टिप्पणीहरू
Loading...