Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

धनगढी जेसिजको अध्यक्षमा पाण्डे निर्वाचित

0 14

कैलाली, २२ मंसिर ।। धनगढी जेसिज बर्ष २०२२ का लागि जेसि भुवन पाण्डे अध्यक्ष निर्वाचित भएका छन् । धनगढी जेसिजको ३९ औं शाखा अधिबेशन बाट भुवन पाण्डेको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो ।

अधिबेशन बाट कार्यकारी उपाध्यक्षमा जेसि महेश्वर ओझा र शुभ ठाकुर, उपाध्यक्षमा जेसि नरेश नेगी, गोबिन्द पन्त, दिपक गौतम र चन्द्रकान्त पनेरु निर्वाचित भएका हुन ।

साथै निर्वाचित अध्यक्षले मनोनीत गर्ने व्यवस्था अनुसार कार्यसमितिको महासचिवमा जेसि जनार्दन बम्म, कानुनी सल्लाहकारमा जेसि इन्जिनियर रोशन भट्ट र कोषाध्यक्षमा जेसि मोहन ओझा लाई मनोनीत गरिएको छ ।

कार्यसमितिका अन्य पदाधिकारी अध्यक्षले मनोनयन गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो । साथै नवनिर्वाचित अध्यक्ष पाण्डेले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने सम्पुर्ण जेसिजका सदस्य एवं अग्रजहरु लाई धन्यवाद व्यक्त गर्नुभयो ।

टिप्पणीहरू
Loading...