Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मैले ‌केपी ओलीसँग प्रतिस्पर्धा गरेँ, अरुले टीको लगाएर पद लिए : भीम रावल

0 16

अछाम,२२ मंसिर । नेकपा (एमाले)का नेता भीम रावलले १०औँ राष्ट्रिय महाधिवेशनमा आफू पराजित नभएको दाबी गरेका छन् । बुधबार अछामको साफेबगरमा आयोजित कार्यक्रममा उनले पार्टीको विधि, पद्धति र प्रणालीको बारेमा आवाज उठाएको भन्दै आफूले त्यसमा जितेको बताए ।

“चितवनमा भर्खरै सम्पन्न महाधिवेशनबाट म पराजित भएको छैन । तपाईं अछामका सम्पूर्ण नेता–कार्यकर्ता र यहाँका हजारौँ जनताले मलाई विश्वास गरेर देशको लागि बोल्नु, अन्यायमा परेकाको हकहितका लागि बोल्नु, समानताका लागि बोल्नु,”उनले भने, “राष्ट्रमाथि आइपर्ने प्रत्येक विपत्तिको विरुद्धमा लड्नु भनेर जुन विश्वास लिएर पठाउनुभएको थियो, मेरो विचारमा, मान्यतामा म आज पनि दृढतापूर्वक अडेको छु ।”

रावलले बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओली अध्यक्ष र उनकै पक्षबाट आफू उपाध्यक्षमा पराजित भएको स्मरण पनि गरे । चितवनको सौराहामा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्षमा ओलीसित हारेका थिए ।

टिप्पणीहरू
Loading...