लवाङ्गी पूजाको अवसरमा घोडाघोडी मन्दिरमा ४७८ पशुपक्षीको बलि
कैलाली, २२ मंसिर ।। कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी मन्दिरमा बुधवार ४ सय ७६ पशु तथा पक्षीको बलि दिइएको छ । लवाङ्गी पूजाको अवसरमा घोडाघोडी मन्दिरमा कुखुरा, बोका र बंगुरको बलि दिइएको हो । ४ सय ३० कुखुरा, ४५ बोका र ३ बंगुरको बली दिइएको घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्य समितिका संयोजक बुधराम चौधरीले जानकारी दिए ।
घोडाघोडी मन्दिरमा बलि दिने परम्परा परापुर्वकाल देखी चल्दै आएको र वर्षमा एक पटक बलि नचढाए दैविक शक्तिले ठुलो मानवीय क्षेत्री गर्ने, सङ्कट आई पर्ने तथा मानिसको बलि समेत खाने गरेको मन्दिरका गुरुवाहरु बताउँछन् । विगतमा थारु समुदायले मात्र बली दिँदै आएकोमा पछिल्लो समय गैर थारुहरूले समेत मन्दिरमा बली दिने गरेको भलमन्सा बुधराम चौधरीले बताए ।
दुई वर्ष कोरोनाका कारण लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सव गर्न सकिएको थिएन । तर यो वर्ष भने घोडाघोडी मन्दिर परिसरमा थारु संस्कृति पहिचानको लागी “हमार संस्कृति हमार पहिचान, थारु संस्कृति जोगाई पर्ना हमार अभियान” भन्ने मूल नाराका लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सव लागेको थियो ।
मङ्सिर २० गते देखी २२ गते सम्म गते सम्म महोत्सव संचालन भएको थियो । थारु समुदायले घोडाघोडी मन्दिरलाई घोरीघोरा (घोडाघोडी) मन्दिर भन्ने गर्दछन् । थारु समुदायहरूले घोडाघोडी मन्दिरलाई कुल देउताको रुपमा वर्ष भरी गरेका खेती र जीवन रक्षा लागि थारु समुदायले थारु रीतिरिवाज अनुसार पूजा तथा बलि चढाएपछि नयाँ अन्न भित्र्याएर खाने चलन छ ।
घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुर लगायतका बलिहरू समेत चढाउने गरिन्छ । कैलालीका ८२ गाउँ सहित कञ्चनपुर, दाङ, बाके, बर्दिया लगायतका जिल्लाहरूबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।