राप्रपाको नयाँ कमिटीमा ‘थारु’ शून्य, थारु कोटा हटाइयो
काठमाडौं, २१ मंसिर ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे एकता महाधिवेशनबाट नयाँ पुस्ताका राजेन्द्र लिङ्देल अध्यक्षमा निर्वाचित भए भने महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजय भए । १४९ सदस्यीय कमिटीमा एउटा पनि थारु निर्वाचित भएनन् ।
हुनत : केन्द्रिय कमिटीमा आएन एक जना थारु उम्मेदवार समेत नरहेको निर्वाचन कमिटीले जनाएको छ । तराईका थारु समुदायको बसाेबास रहेको क्षेत्रमा राप्रपाकाे प्रभाव केहि रहे पनि केन्द्रिय कमिटीमा भने एक जनालाई समेत नसमेट्नु दुर्भाग्य रहेकाे राप्रपाका नेताहरुले बताएका छन् ।
यस अघि राप्रपामा थारु काेटाकाे व्यवस्था भए पनि एकता महाधिवेशनमा थारु काेटाकाे व्यवस्था गरिएको थिएन । बरु समावेशी अन्तर्गत आदिवासी, मधेसी र मुस्लिम काेटाकाे व्यवस्था गरिएको थियोे । थारुवान डटकमबाट