लवाङ्गी पूजाको अवसरमा घोडाघोडीमा मंसिर २२ गते सार्वजनिक विदा
पहलमानपुर, २१ मंसिर ।। घोडाघोडी नगरपालिका भोलि मंसिर (२२ गते) एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको छ । मंगलबार एक सुचना जारी गर्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले लवाङी पूजाको अवसरमा एक दिन रोज सार्वजनिक विदा दिने निर्णय भएको बताए ।
थारु समुदायको विशेष पर्व लवाङी पूजाको उपलक्ष्यमा विदा दिएको सूचनामा उल्लेख रहेको छ । बुधबार नगरपालिकाभित्र रहेका सम्पूर्ण कार्यालय, संघसंस्था तथा शिक्षण संस्थामा सार्वजनिक विदा रहेको जनाइएको छ ।
लवाङी पूजा प्रत्येक बर्ष बिबाह पञ्चमीको दिन गरिने उक्त पुजा विशेष गरि नयाँ अन्न आफ्नो देवतालाई चढाएर पूजा गरिने चलन रहेको छ ।