Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अन्तरंग सेवा भवनको उद्घाटन

0 18

जोशीपुर, १७ मंसिर : कैलालीको जोशीपुर गाउँपालिका मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित अन्तरंग सेवा भवन को एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । जोशीपुर गाउँपालिकाको योगदानमा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गरिएको हो । प्रेम राज कठरियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी रहेका थिए भने बिशेष अतिथि जोशीपुर गाउँपालिका उपाध्यक्ष गिता कठरिया थिईन ।

स्वास्थ्य केन्द्र ब्यबस्थापन समिति का सदस्य सन्तोष पौडेलको स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम मा वडा नं ४ वडा अध्यक्ष लखन लाल चौधरी, वडा नं ५ वडा अध्यक्ष देश राज चौधरी, वडा नं ६ वडा नं अध्यक्ष नत्थु प्रसाद डगौरा, वडा सदस्य, बजार ब्यबस्थापन समिति का अध्यक्ष विश्व नाथ चौधरी, महिला स्वास्थ्य स्वयं सेविका, समाजसेवी वंश राम बडायक लगायत को सहभागिता रहेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र जोशीपुर बाट इमर्जेन्सी सेवा, डेन्टल सेवा, रेबिज विरुद्धको खोप सेवा, सर्पदंश उपचार सेवा, प्रसुती सेवा, गर्भपतन सेवा,ओ पि डि सेवा, खोप सेवा प्रदान गर्दै आएको छ । सो समारोहमा स्वास्थ्य केन्द्र जोशीपुरमा नियमित खटिने स्वास्थ्य कर्मी हरु लाई दोसल्ला ओढाएर सम्मान तथा प्रशंसा पत्र समेत वितरण गरिएको छ ।

टिप्पणीहरू
Loading...