धनगढीमा दुधमा मुसा मार्ने विषादी मिसाएर छोराको हत्या गरेको आरोपमा आमा पक्राउ
धनगढी, १७ मंसिर ।। धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमालाई प्रहरीले प्रकाउ गरि सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापामगरको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ गरेको हो ।
सौतेनी आमा माघी रोकायालाई भारतको हरियाणाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । निशान सौतेनी आमा रोकायासंगै शिखर टोलमा रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए ।
उनी मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए भने रोकाया सोही दिनदेखि फरार थिइन् । उनल लाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानअगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए । उनले भारतिय प्रहरीको सहयोगमा उनलाई प्रक्राउ गरिएको बताए ।
मुत्यक निशान थापामगरका बुवा बहादुर रोकाय लामो समय भारत मै काम गदै आएको र उनले उतै र्निमला थापा मगर सग विवाह गरी उनै बाट जन्मिएका निशान थापामगरको हत्या शौतेनी आमाले गरेको प्रहरीले जनाएको छ । हत्याको कारण कान्छी श्रीमती र लोग्ने संगको झगडा पनि जोडिएको प्रहरीले जनाएको छ ।
मृतक निशान्त थापा मगर स्कूलबाट फर्किएपछि उनले थाहा नपाउने गरी दुधमा मुसा मार्ने औषधी मिसाई खुवाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी अधिकारीले जानकारी दिए । रोकायाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए।