Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा ३ को मृत्यु, ११ जना घाइते

0 14

कञ्चनपुर, १७ मंसिर ।। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा शुक्रबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी कृष्णपुर नगरपालिका ९ रैकवारका ६५ वर्षीया द्रोपति राना, ३३ वर्षीया रतन कुमारी राना र ५५ वर्षीय रानी राना रहेका छन् ।

उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए ।

डिएसपी शाहका अनुसार रैकबारबाट उनीहरु बेदकोट नगरपालिकाको दैजीमा विवाह भोज खान आएका थिए । भोज खाएर फर्किने बेला अर्जुनी ब्यारेक नजिकै विपरीत दिशाबाट आइरहेको जिपलाई साइड दिन खोज्दा से १ त ३८४१ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो । ट्र्याक्टरमा चालकसहित १४ जना सवार थिए ।

टिप्पणीहरू
Loading...