नेकपा माओवादी केन्द्र घोडाघोडीको अध्यक्षमा हमाल निर्विरोध चयन
कैलाली, १७ मंसिर ।। कैलालीको घोडाघोडी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको अध्यक्षमा खगेन्द्र हमाल निर्विरोध चयन भएका छन् । शुक्रबार सम्पन्न सो पार्टीको अधिवेशनले सर्वसम्मत रुपमा हमालको अध्यक्षतामा ५८ सदस्यीय नगरपालिका स्तरिय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा गणेश विष्ट, विनोद विश्वकर्मा, कर्ण बोहरा सचिवमा भरत बिष्ट, सहसचिवमा लक्ष्मण न्युरे र कोषाध्यक्षमा राजमति अधिकारी चयन भएका छन् ।
सो नगरपालिकामा मंसिर ११ गते नै माओवादी केन्द्रको नगर सम्मेलन उद्घाटन गरिएको थियो तर पदाधिकारी चयनमा सहमति जुट्न नसक्दा नयां कमिटी गठनमा ढिलाई भएको थियो ।