Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

0 31

काठमाडौं, १७ मंसिर । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट , एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा  https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । 

टिप्पणीहरू
Loading...