Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको सुन्दरपुरमा आजबाट चौथो लवाङ्गी सांस्कृतिक कार्यक्रम सुरु

0 10

कैलाली, १६ मंसिर ।। कैलालीको गौरीगंगा नगरपालिका–१० सुन्दरपुरमा आजबाट चौथो लवाङ्गी सांस्कृतिक कार्यक्रम २०७८ सुरु भएको छ । ‘भाषा, कला संस्कृति हमार पहिचान, थारु वैदिक गुरुवा प्रशिक्षण केन्द्र संगे थारु संग्राहलय बनैना हमार अभियान’ भन्ने मूल नारा सहित आजबाट २ दिने सांस्कृतिक कार्यक्रम सुरु भएको हो ।

लवाङ्गी सांस्कृतिक कार्यक्रमको उद्घाटन राष्ट्रिय सभा सदस्य हरि राम चौधरी ‘उत्सव’ ले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य चौधरीले मौलिक पहिचानका धनि थारु समुदायको अनेकन कला, संस्कृतिहरु पश्चिमी संस्कृतिको प्रभावका कारण ओझेलमा पर्दै गएको बताएका छन् ।

संस्कृति र संस्कार कुनै पनि जाति समुदायको सबैभन्दा ठुलो सम्पत्ति भएको बताउंदै उनले सोको संरक्षण र सम्वर्द्धनका लागि सोहि समुदाय सबैभन्दा बढि जागरुक हुनुपर्ने बताए । थारु समुदाय भाषा, संस्कृति र मौलिकताका दृष्टिकोणले ज्यादै पृथक भएतापनि राज्यको उदासिनताका कारण हक, अधिकार पाउनबाट बन्चित हुंदै आएको भन्दै चौधरीले थारु समुदायको हक, अधिकार सुनिश्चित गराउनका निम्ति आफुहरु लामो समय देखि निरन्तर संघर्षरत रहेको उनको तर्क थियो ।

थारु बुद्धिविजी, समाजसेवि, अगुवा, बडघर, भल्मन्सा, गुरुवाहरु को उल्लेखनिय सहभागिता रहेको कार्यक्रममा थारु लोक गायक मनिराम चौधरी, मोडल महिमा कुश्मी, सुनिता चौधरी, बीर चौधरी, घोडाघोडी नाट्य समूहको नाच, फुल कुमारी, गायक तुफान राजबंशी, अन्जान चौधरी लगायतका थारु कलाकारहरुले आफ्नो प्रस्तुती प्रर्दशन गरेका थिए ।

थारु गुरुवा बदैवा समाज सेवा समिति कैलालीको आयोजनामा भएको कार्यक्रम भोलि मंसिर १७ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

टिप्पणीहरू
Loading...