Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सीएमसी नेपाल द्धारा मनोसामाजिक सहयोग तालिम शुरु

0 19

धनगढी, १६ मंसिर ।। सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुको लागि मनोसामाजिक सहयोग तालिमधनगढीमा शुरु भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिए र आईपास नेपालको सहयोगमा धनगढी उपमहानगरपालिकाको समन्वय, सीएमसी नेपालले बिहीबार देखि धनगढीमा १० दिने आधारभूत तालिम आयोजना गरेको हो ।

तालिममा सीएमसी नेपालले सञ्चालन गरेको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामा कार्यरत सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहका कार्यकर्ताहरु सहभागी छन् । आइपासका प्रदेश संयोजक विष्णु नेपाललीले बैतडीको पाटन र दशरथ नगरपाािलका, बझाङको जयपृथ्वी र वित्थडचिर नगरपालिका र अछामको मंगलसेन र साँफेवगर नगरपालिकाका २६ जना सामुदायिक मनोसामाजिक कार्यकर्ताहरु तालिममा सहभागी भएको जनाए ।

उनले कैलाली र बाजुरा जिल्लाका सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुलाई दोस्रो चरणमा तालिम दिने जनाए । तालिम उद्घाटन धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले गरेका थिए । सो अवसरमा उनले मानिसहरुमा सकारात्मक सोच विकास गर्नका लागि मनोसामाजिक परामर्श आवश्यक रहेको बताए ।

उनले मनोसामाजिक परामर्श मार्फत् लैंगिक हिंसा न्युनिकरण र समाज परिवर्तनमा सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुको ठूलो भूमिका हुने विश्वास व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले हिंसा सामाजिक र मानसिक कारणले हुने गरेको बताउँदै त्यसलाई निराकरण गर्नका लागि मनोसामाजिक परामर्शकर्ताहरुले भूमिका खेल्नुपर्ने बताए ।

उनले आत्महत्याको घटनामा पनि मानसिक कारण हुने गरेकाले त्यस्ता समस्या पनि मनोसामाजिक परामर्शकै माध्यमबाट समाधान गर्न सकिने बताए । मनोसामाजिक र मानसिक समस्यामा मनोपरामर्श सेवा अतिआवश्यक रहेको उनले जोड दिए । युएनएफपिएका प्रतिनिधि मदन वागचनले समेत शुभकामना मन्तव्य व्यक्त गरेको उद्घाटन सत्र सञ्चालन सीएमसीका कैलाली जिल्ला मनोसामाजिक परामर्शकर्ता धनराज विकले गरेका थिए ।

सीएमसी नेपालले धनगढीमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सञ्चालन गरेर लैंगिक हिंसा रोकथाम तथा न्यूनीकरण गर्न मनासोमाजिक परामर्श सेवा दिंदै आएको छ । सीएमसी नेपालका रमिता श्रेष्ठ र एभन श्रेष्ठले तालीमको सहजीकरण गर्ने आयोजकले जानकारी दिएको छ ।

टिप्पणीहरू
Loading...