Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा एक महिला भिनाजुको कुटाईबाट घाइते

0 22

धनगढी,१५ मंसिर । कैलालीमा भिनाजुको कुटाइबाट साली घाइते भएकी छिन् । जिल्लाको गोदावरी नगरपालिका –५ गेटाकी २० बर्षिय मनसरा विकमाथि उनका भिनाजु ३० बर्षिय गौतम विकले कुटपिट गरेका हुन्।

दिदी भिनाजुबीच भइरहेको झगडा मिलाउन खोज्दा मनसरामाथि हातपात गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कुटपिटबाट घाइते मनसराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मनसरा माथि हातपात गर्ने गौतमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।  

टिप्पणीहरू
Loading...