Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

शाही द्वारा काँग्रेस सुदूरपश्चिम प्रदेशको सह–महामन्त्रीमा उम्मेदबारी घोषणा

0 20

धनगढी, १५ मंसिर/नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि लक्ष्मण शाहीले सह–महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रदेश अधिवेशनका लागि शाहीले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

विधार्थीकालदेखि नै राजनीतिमा होमिएको भन्दै उनले अहिले आफूले प्रदेशको सह–महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए । नेपाली कांग्रेसलाई नविन कांग्रेस बनाउनमा आफनो ठूलो भूमिका रहने उनले बताए । उनी कैलाली क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधीमा विजयी भएका थिए । देउवा खेमामा खुलेरै राजनीतिमा लागेका उनले आफुले निर्वाचनमा सबैबाट सहयोग पाउने विश्वास व्यक्त गरे ।

को हुन् लक्ष्मण शाही ?

लक्ष्मण शाही बिद्यार्थी राजनीतिक यात्रामा बिभिन्न आरोहअबहोर पार गर्दे अहिले मुल पार्टीको यात्रा तय गरेका छन् । २०४९ साल देखी बिद्यालयको इकाई अध्यक्ष हुदै कैलाली बहुमसखी क्याम्पसको इकाई सहसचिव, सभापति हुदै नेविसंघ कैलालीको जिल्ला सदस्य भए । उनी त्यसपछि कैलालीको नेपाल बिद्यार्थी संघको अध्यक्षको जिम्मेबारीमा समेत रहे । नेपाली काँग्रेसको ११ महाधिबेशनको देखी लागातार माहाधिबेशन प्रतिनिधि, कैलाली क्षेत्र नम्बर ३को काँग्रेसको क्षेत्रीय उपसभापती समेत भएका थिए । उनी कैलाली क्षेत्र नम्बर ३को २बाट प्रदेश सभाको प्रदेश सभा संसदको प्रत्यक्ष तर्फको उम्मेदवार समेत भएका थिए ।

टिप्पणीहरू
Loading...