सुखडमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध, क्षतिपुर्तिको माग
सुखड, १२ मंसिर ।। शनिबार राति ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भए पछि अहिले कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा मृतकका आफन्तहरु तथा स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
गए राति जिल्लाको घोडाघोडी नगरपालिका ५,डोके बजारमा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको लु १ ख ४६६५ नम्बरको ट्रक र विपरीत दिशा बाट आइरहेको सुपप्र ०१००८ प ५४७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भए पश्चात मोटरसाइकल चालकको मृत्यु भएको थियो । मृत्यु हुनेमा सोही नगरपालिका १, बस्ने अन्दाजी ५१ वर्षीया वसन्त राज शर्मा रहेका छन् ।
दुर्घटना पछि ट्रक चालक भने फरार भएका छन् । आईतबार बिहान देखी स्थानीयले विरोधमा घोडाघोडी नगरपालिका १ सुखड बजारमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले कर्वाही तथा क्षतिपुर्तिको माग गर्दै सडक अबरुद्ध गरेका हुन् ।