Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नेपाली काँग्रेस सुदूरपश्चिमको सभापतिमा शाहीद्वारा उम्मेदवारी घोषणा

0 20

डोटी,११ मंसिर । नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४ औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। गृह जिल्ला डोटीमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले सुदूरपश्चिम प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्षसमेत रहेका शाहीले सुदृढ र सशक्त काँग्रेस बनाउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताएका हुन्।

“अब पार्टीमा युवा जोसको पनि खाँचो छ। लामो समय विद्यार्थी राजनीतिमा रहेर काम गरिसकेकाले अब पार्टीको मूल नेतृत्वमा आएरै जनताको सेवा गर्नुपर्छ भन्ने भावनाले मैले उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने। उनले सधैँ आफू जनताको सेवामा नै समर्पित हुने बताएका छन्।

काँग्रेसमा गुटगत राजनीतिको अन्त्य हुनुपर्ने बताउँदै सधैँ आफू त्यसको पक्षमा रहने उनले बताए।काँग्रेसको प्रदेश महाधिवेशन मंसिर १६ देखि १७ गतेसम्म कैलालीमा हुने भएको छ।

टिप्पणीहरू
Loading...