Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव उठाइयो, राजमार्ग खुल्यो

0 16

कैलाली, ९ मंसिर ।। कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव उठाइएको छ। बिहीबार दिउँसो १२ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको घटनास्थलमै मृत्यु भएको थियो। 

उनको मृत्यु भएपछि दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। आक्रोशित भिडले उक्त ठक्कर दिने ट्रकमा आगजनी समेत गरेका थिए । आन्दोलित स्थानीयले लम्की बजार पनि बन्द गराएका थिए। 

तर साँझ भने घटनास्थलमै रहेको मृतकको शव उठाउन दिइएको छ। उनको शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। शव उठाइएपछि ५ घण्टादेखि अवरुद्ध राजमार्ग पनि खुलेको ट्राफिक कार्यालयले बताएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। 

टिप्पणीहरू
Loading...