धनगढीबाट ब्राउन सुगर सहित २ जना पक्राउ
कैलाली, ७ मंसिर ।। धनगढीबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार साँझ उपमहानगरपालिका–२ भन्सार रोडबाट बैयाबेहडीका २६ वर्षीय सन्देश बोगटी र वडा नम्बर १ बस्ने ३० वर्षीय बीजय मगराती पक्राउ परेका हुन्।
बोगटीले चलाएको लु ४५ प २६५३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ७ ग्राम ९ सय मिलीग्राम लागुऔषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।