Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

पतञ्जलि टेलिभिजनको पत्रकार महासंघद्वारा विरोध

0 19

काठमाडौँ,५ मङ्सिर । पतञ्जलि योगपीठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्नु गैरकानुनी भएको बताउँदै नेपाल पत्रकार महासंघले विरोध गरेको छ। उक्त टेलिभिजन च्यानलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेकोमा महासंघले असन्तुष्टि व्यक्त गरेको छ। महासंघका महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन्। नेपालको कानुनले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा यसरी टेलिभिजन खोल्नु कानुनको उल्लंघन भएको बताइएको छ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यम पनि भएको महासंघले उल्लेख गरेको छ। दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन कानुनविपरीत भएको बताउँदै महासंघले राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिकाको सन्दर्भ उठान गरेको छ।

सञ्चारक्षेत्रमा विदेशी लगानीले स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुगेको पनि विज्ञप्तिमा उल्लेख छ। विदेशी लगानीमा खुलेका सञ्चारमाध्यमले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रभाव पार्न सक्ने चिन्ता गर्दै गम्भीर र संवेदनशील हुनुपर्ने दाबी गरिएको छ।

टिप्पणीहरू
Loading...