Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

गणकको गतिविधि शंकास्पद् देखिएपछि स्थानीयले बढाए निगरानी

0 22

धनगढी,५ मंसिर । कैलालीको धनगढी उपमहानगरपालिकामा गणकको गतिविधि शंकास्पद् देखिएपछि स्थानीयले निगरानी बढाएका छन् । गणकले आधा विवरणमात्रै फिल्डमा भरेको पाइएपछि स्थानीयले निगरानी बढाएका हुन ।

शुक्रबार र शनिबार धनगढी उपमहानगरपालिका–८ मा गणकले केही विवरण घरमा भर्छु भनेर छोड्ने गरेको पाइएको थियो । जात/जातजाति, मातृ भाषा, पुर्खाको भाषा, कोड नम्बर र धर्म घरमा गएर भर्छु भन्दै आधा विवरण भरेको पाइएपछि स्थानीयले एक गणकलाई सबै विवरण फिल्डमै भर्न लगाएका थिए ।

‘सबै विवरण फिल्डमै भर्नुस भनेर आग्रह गर्दा पनि हतार छ भन्दै गणक बहिनीले भरेकी थिइनन्’, धनगढी उपमहानगरपालिका–८ की सानु महतोले भनिन् । ‘पछि फेरि बोलाएर फिल्डमै विवरण भर्न लगायौं ।’

जनगणनामा बद्मासी नहोस भनेर कैलाली, कञ्चनपुरमा राना थारु समुदायले सचेतीकरण अभियाननै चलाएको छ । शुक्रबार धनगढी गाउँस्थित रानाथारु वस्तीमा गणकले केही विवरण नभर्ने गरेको पाइएपछि सम्झाइ, बुझाइ गरेको सो समुदायका युवा नेता कमलसिंह रानाले बताए।

बद्मासी गर्ने नियतले विवरण नछोडेको उल्लेख गर्दै आइन्दा त्यस्तो नगर्ने गणकले प्रतिवद्धता जनाएको उनले बताए । राना थारु समुदाय छुट्टै आदिवासी जनजातिको रुपमा सूचीकृत भएपछि सो समुदायको लागि अहिले भइरहेको जनगणना पहिलो हो । पहिलो जनगणनामा आफ्नो समुदायको सम्पूर्ण विवरण सत्यतथ्य रुपमा समेटियोस भनेर सो समुदायका अगुवाहरु सचेतना अभियानमा अग्रसर छन् ।

टिप्पणीहरू
Loading...