एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा
काठमाडौँ,५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि रावलले उम्मेदवारी घोषणा गरेका हुन् । आज आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएका हुन् ।
महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।
रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको ठाउँ नपाएको गुनासो गरे । पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कक्ष खाली नभएको जानकारी पाएपछि बाहिर पत्रकार सम्मेलन गर्नु परेको उनले बताए ।