Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्र वडा अधिवेशन: घोडाघोडीको ३ वाहेक सबै वडामा निर्विरोध नेतृत्व चयन

0 20

कैलाली, ५ मंसिर ।। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) घोडाघोडी नगरपालिकाको वडा अधिवेशन सम्पन्न भएको छ । सबै वडामा वडा अधिवेशन सम्पन्न भए पनि वडा नं ३ मा भने सहमति नजुट्दा अधिवेशन नभएको पार्टीका नगर सचिव खगेन्द्र हमालले जानकारी दिएका छन् ।

सहमति जुटाउने प्रयास भइरहेको तर यदि सहमति नभए चुनावी प्रक्रियामा गएर वडा नेतृत्व चयन हुने उनले बताए । अन्य वडामा सर्वसम्मत रुपमा वडा नेतृत्व चयन भएको माओवादी केन्द्रले जानकारी दिएको छ । देशभर एकै पटक शनिवार माओवादी केन्द्रले वडा अधिवेशन तोकेको थियो ।

अधिवेशनले वडा कमिटी सँग नगर प्रतिनिधि पनि चयन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वडा नम्बर १ को अध्यक्षमा अध्यक्ष सूर्य बहादुर हमाल, २ मा  शंकर डगौरा, ४ मा राम बहादुर चन्द, ५ मा किशोर राना, ६ मा फागुराम चौधरी, ७ मा मोहन शाही चयन भएका छन् । त्यसै गरी वडा नम्बर ८ को अध्यक्षमा इन्द्र कुमार चौधरी चौधरी, ९ मा धन बहादुर रावल,१० मा चन्द्र बहादुर सिंह, ११ मा जितेन्द्र कुँवर र १२ मा लाहतराम चौधरी चयन भएका छन् ।  यस्तै सबै वडा बाट १६० जना नगर प्रतिनिधि निर्विरोध चयन भएका छन् । ११ मङ्सिर मा पालिका र २५ मङ्सिर मा सातै प्रदेशमा अधिवेशन हुनेछ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दै छ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ । 

maubadi gg

टिप्पणीहरू
Loading...