Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्र घोडाघोडी ११ को अध्यक्षमा कुवंर, सचिवमा कठरिया चयन

0 18

कैलाली, ४ मंसिर ।। नेकपा माओवादी केन्द्र घोडाघोडी नगरपालिका ११ को दोस्रो ऐतिहासिक वडा सम्मेलन सम्पन्न भएको छ । शनिबार माओवादी केन्द्रको देशभर भएको वडा सम्मेलन अर्न्तगत घोडाघोडी नगरपालिका ११ मा भएको वडा सम्मेलनबाट जितेन्द्र कुवंरको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्विरोध चयन गरिएको छ ।
उक्त कमिटीको उपाध्यक्षमा राम नरेश कठरिया, सचिवमा टिआर कठरिया, सहसचिवमा अशोक सिंह र कोषाध्यक्षमा ईन्द्रा देवि डंगौरा रहेका छन् । यस्तै सदस्यहरुमा प्रदिप कठरिया, सियाराम चौधरी, महेश कठरिया, सुरेश कठरिया, तेज बहादुर चौधरी, श्रवण चौधरी, प्रेम बोहरा, गौरी खत्रि, रामदेवि कठरिया, निर्मला चौधरी, देशराज कठरिया, राजेश कठरिया, लक्ष्मण पार्की, बिहारी लाल चौधरी, पुना पार्की, सुर्यामाया कठरिया, ठागो देवि कठरिया लगायत रहेका छन् ।

पार्टी अध्यक्ष जितेन्द्र कुवंरको सभापतित्वमा भएको दोस्रो ऐतिहासिक वडा सम्मेलनका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र कैलाली जिल्ला समवन्य समिती सदस्य तथा घोडाघोडी सहइन्चार्ज प्रेम राज सापकोटा रहेका थिए भने विशिष्ट अतिथी अखिल नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम संयोजक कुम्भराज खाती लगायत अन्य अतिथीहरु रहेका थिए ।

ok 5
टिप्पणीहरू
Loading...