Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

विजुलीमा नयाँ महशुल लागू

0 18

कैलाली, २ मंसिर ।। गत कार्तिक १० गते विद्युत नियमन आयोगले गरेको निर्णय अनुसार बुधबारदेखि विजुलीमा नयाँ महशुल लागू भएको छ। नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शूल्क घटाइएको छ।

नेपाल विद्युत प्राधिकरणले बुधबारबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्नेछ। विद्युत प्राधिकरणको नयाँ नियमअनुसार मासिक २० युनिटभन्दा कम विद्युत खपत गर्ने १९ लाख ८६ हजार विपन्न वर्गका उपभोक्ताहरुले निःशुल्क विजुली बाल्न पाउने छन्।

उनीहरुले इनर्जी शुल्कका रुपमा मासिक ३० रुपैयाँ शुल्क तिरे पुग्ने बताइएको छ। त्यस्तै अब सिंगल फेज तथा थ्रीफेजबाट विद्युत् खपत गर्ने उपभोक्ताहरुले आफ्नो मिटरको क्षमता निःशुल्क रुपमा बढाउन पाउनेछन् भने सिंगल फेज प्रयोगकर्ताको न्यूनतम शुल्क २५ रुपैयाँ घट्नेछ। त्यसैगरी त्यस्ता उपभोक्ताका लागि इनर्जी शुल्क पनि अब कम लाग्ने भएको छ।

सिंगल फेजबाट मासिक १ सय ५१ देखि २ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रतियुनिट ९ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ, भने सिंगल फेजमार्फत मासिक ४ सय युनिटभन्दा माथि खपत गर्ने उपभोक्ताले यस्तो शुल्क प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्नेछ।

नयाँ नियम अनुसार उपभोक्ताले मिटर रिडिङ भएको ७ दिनभित्र महसुल बुझाउँदा २ प्रतिशत छुट पाउने भएका छन्। तर सरकारी अस्पताल तथा स्वास्थ्यचौकीहरुले भने बिलिङ भएको २१ दिनभित्र महशुल तिर्दा कुल बिल रकममा २० प्रतिशत छुट पाउने विद्युत प्राधिकरणले जनाएको छ।

टिप्पणीहरू
Loading...