Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कञ्चनपुरमा १६३ तोला सुन र विभिन्न देशका लाखौं मुद्रासहित दुई जना पक्राउ

0 13

कञ्चनपुर, ३० कार्तिक ।। कञ्चनपुरमा भारतबाट चोरी भएको १६३ तोला सुन र लाखौं रकम सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका–१ की अन्दाजी ३८ वर्षीया बिस्नु शाही रहेका छन्।

भारतको बेङ्गोरस्थित एउटा घरमा काम गर्ने उनीहरुले चोरी गरि भागेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ।

लालचन्द्रको घरमा छापा मार्दा सुनका गरगहना, बिदेशी मुद्रा, पत्थर र ४ थान ल्यापटप बरामद गरेको गणले जनाएको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।

टिप्पणीहरू
Loading...